बाढी र वर्षाका कारण तन्जानियामा १५५ जनाको मृत्यु

जनकपुरधाम- तन्जानियामा भारी वर्षा र बाढीमा परेर १५५ जनाको ज्यान गएको छ।

तन्जानियाका प्रधानमन्त्री कासिम मजालिवाले वर्षा र बाढीका कारण १५५ जनाको मृत्यु भएको जनाएका हुन्।

मे महिनामा ठूलो वर्षा हुनसक्ने भन्दै उनले बाढी प्रभावित क्षेत्र छाड्न अपिल गरेका छन्।

प्रधानमन्त्री कासिमले बाढीका करण २ लाख ५१ हजारबढी परिवार प्रभावित भएको जानकारी दिएका छन्।

तन्जानियाको छिमेकी राष्ट्र केन्या र बारून्डीमा पनि भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *