बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीले सारे विश्वासको मत लिने मिति

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमत्री सरोजकुमार यादवले जेठ २८ गते विश्वासको मत लिने भएका छन्।

बुधबार बस्ने प्रदेससभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका उनले अब २८ जेठमा मात्रै विश्वासको मत लिने भएका हुन्।

प्रदेससभामा बहुमतको संख्या पुग्ने सम्भावना क्षीण भएपछि मुख्यमन्त्री यादव बुधबार विश्वासको मत लिने निर्णयबाट पछि हटेका हुन्।

यद्यपि उनले स्वास्थ्यको कारण देखाउँदै बुधबार विश्वासको मत नलिइ २८ जेठमा लिने गरी तयारी थाल्न प्रदेससभा सचिवालयलाई पत्र पठाएका छन्।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव अल्पमतमा परेका छन्।

एकै कार्यकालमा उनी पाँचौंपटक विश्वासको मत लिन लागेका हुन्।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै मुख्यमन्त्री यादवको दल जनता समाजवादी पार्टी (नेपाल) टुक्रिएपछि मधेस प्रदेसमा समेत उथलपुथल बढेर गएको छ।

मधेसमा जनमत पार्टीलाई मुख्यमन्त्री दिनेगरी नेकपा एमाले र माओवादी केन्द्रले सरकार बनाउने तयारी गरेको छ।

सरकारमा सहभागी नेकपा(एकीकृत समाजवादी) पनि मंगलबार बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत पाउने सम्भावना लगभग न्यून भएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *