काठमाडौं- बसको ठक्करबाट गम्भीर घाइते भएका ट्राफिक प्रहरीका सई टोपबहादुर खत्रीको मृत्यु भएको छ।
ड्युटीमा खटिएका बेला कोटेश्वरमा जुनेली यातायातको बसको ठक्करबाट घाइते भएका खत्रीको उपचारको क्रममा निधन भएको हो।
२० फागुनमा जुनेली यातायातको प्रदेस ३–०१–००५ ख ९७५५ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो।
गम्भीर घाइते भइ माइतीघरस्थित अन्नपुर्ण न्यूरो अस्पतालमा भर्ना भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको काठमाडौं ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।
दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।
बसका चालक गिरीलाई प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको र खत्रीको मृत्युपछि अब सोहीअनुसारको मुद्दा प्रक्रिया अगाडि बढ्ने प्रवक्ता श्रेष्ठले बताए।
Leave a Reply