बझाङ- बझाङ प्रदेससभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्।
भण्डारीले ११ हजार ६१२ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्।
कांग्रेसबाट निर्वाचित प्रदेससभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा निधन भएपछि बझाङ क्षेत्र नम्बर १(१) मा शनिबार उपनिर्वाचन भएको थियो।
कांग्रेसले पृथ्वीबहादुर सिंहका छोरा अभिषेकलाई यो क्षेत्रबाट उम्मेदवार बनाएको थियो।
Leave a Reply