फेरि बढ्यो सुनको मूल्य

जनकपुरधाम- सुनको मूल्यमा मंगलबार पनि सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रू. एक सयले बढेको हो।

सोमबार प्रतितोला रू. १ लाख ३६ हजार २ सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रू. १ लाख ३६ हजार ३ सय निर्धारण भएको छ।

त्यस्तै, तेजाबी सुन सोमबार प्रतितोला रू. १ लाख ३५ हजार ५५० मा कारोबार भएकोमा आजका लागि भने रू. १ लाख ३५ हजार ६५० निर्धारण भएको महासंघले जनाएको छ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *