जनकपुरधाम- नेपाली बजारमा सुनको मूल्य फेरि वृद्धि भएको छ।
मंगलबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु. १ लाख २५ हजार २ सय कायम भएको छ।
सोमबार छापावल सुन प्रतितोला रु १ लाख २४ हजार ५ सयमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन पनि प्रतितोला सात सयले वृद्धि भएको छ। महासंघले आजका लागि तेजाबी सुन प्रतितोला रु.१ लाख २ हजार ६ सय कायम गरेको छ।
सोमबार तेजाबी सुन प्रतितोला रु. १ लाख २३ हजार ९ सयमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला रु.१ हजार ५२५ निर्धारण भएको छ।
सोमबार चाँदी प्रतितोला रु.१ हजार ५२० मा कारोबार भएको थियो।
Leave a Reply