जनकपुरधाम- लुम्बिनी प्रदेससभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ।
प्रदेससभाको चौथो अधिवशनको १३ औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेससभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावरको हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेपछि गत फागुन ११ मा उनी निलम्बनमा परेका थिए।
भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि प्रदेससभाले यादवको निलम्बन फुकुवा गरेको हो।
विशेष अदालतले जेठ ९ गते यादवलाई सफाइ दिएको थियो।
मुद्दाको फैसला भएको र यादवले सफाइ पाएको बारेमा प्रदेससभामा पत्र प्राप्त भएपछि निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए।
यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ (ख) बाट प्रदेससभा सदस्यमा निर्वाचित भएका थिए।
प्रदेससभामा राप्रपाका ४ सांसद छन्।
Leave a Reply