प्रतिशोध साँध्न सिरोहियाको गिरफ्तारी : शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले प्रतिशोध साँध्न कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बताएका छन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ इंगित गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।

आफू दोहोरो पासर्पोट लिने तर सहकारी ठगीको छानबिन हुन नदिन सिरोहियालाई पक्राउ गरिएको उनको भनाइ छ।

कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोविरूद्ध छानबिन हुन नदिने, तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भइ उभिएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’

प्रहरीले सही र गलत छुट्याउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन्।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *