जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताविरोधी रहेको आरोप लगाएका छन्।
विश्वासको मत लिने प्रयोजनका लागि बुधबार बसेको प्रदेससभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदैै उनले यस्तो बताएका हुन्।
मुख्यमन्त्री यादवले प्रधानमन्त्री नै उथलपुथल मचाउने खालको रहेकाले राजनीतिक अस्थिरता निम्तिएको जिकिर गरे।
‘प्रधानमन्त्री आफैं भन्नु हुन्छ म रहुन्जेल उथलपुथल भइरहन्छ, उथलपुथल मचाइरहने प्रधानमन्त्री रहँदा कसरी विकास हुन्छ,’ उनले भने।
प्रदेस सरकारको प्रशासनिक भवन निर्माणका लागि पटक–पटक प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएको यादवले जिकिर गरे।
मुख्यमन्त्री यादवले आफूले सरकारको नेतृत्व सम्हालि रहँदा कुनै पनि मन्त्रीबाट एक रूपैयाँ नलिएको र गलत काम गर्न निर्देशन नदिएको प्रष्ट पारे।
उनले बजेट वितरण गर्दा कुनै भेदभाव नगरिएको जिकिर गरे।
Leave a Reply