काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रचण्डले एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासँग छलफल गरेका हुन्।
छलफलका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको बताइएको छ।
राष्ट्रिय मुद्दामा समान धारणा बनाएर अघि बढ्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै संसदलाई प्रभावकारी बनाउने, सहकारी प्रकरण छानबिनका लागि गठन भएको संसदीय समितिलगायतका विषयमा पनि तीन नेताबीच छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले सोमबार नै नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका थिए।
Leave a Reply