सुनसरी- प्रहरीले सुनसरीबाट पौने २ करोडबढी नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सुनसरीको इनरूवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोटसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो।
सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मीले भारतीय नम्बर प्लेटको स्कोर्पियोबाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद भएको जानकारी दिए।
‘१–१ हजार दरका नक्कली नेपाली नोट छन्, शंकास्पद लागेर प्रहरी टोलीले चेकजाँच गर्दा गाडीको पछिल्लो भागबाट यो परिमाणमा नोट बरामद भएको हो,’ रेग्मीले भने।
नक्कली नोटसँगै बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय गाडीका चालक पनि पक्राउ परेको उनले बताए।
रेग्मीले पक्राउ परेका चालक भारत बिहार सुपौल जिल्ला बस्ने रहेको जानकारी दिए।
उनकाअनुसार बोराभित्र लुकाइछिपाइ गाडीमा राखिएको अवस्थामा नक्कली नोट बरामद भएको छ।
गाडीमा सवार अर्का व्यक्ति भने फरार भएको बताइएको छ।
नक्कली नोट बरादम भएपछि थप अनुसन्धान भइरहेको र दिउँसो १ बजे पत्रकारसम्मेलनमार्फत विस्तृत विवरण जानकारी गराइने एसपी रेग्मीले बताए।
Leave a Reply