काठमाडौंं- पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन्।
शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ कटुञ्जेजका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको हो।
सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका छन्।
दुवै जना शनिबार राति बेपत्ता भएको तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले जानकारी दिएका छन्।
बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा फेला पारेको थियो। टेकबहादुर भने हालसम्म बेपत्ता रहेको बताइएको छ।
धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए।
बेपत्ता टेकबहादुरको झोला र बाल्टीमात्रै भेटिएको योञ्जनले बताएका छन्।
दुवै जना समुद्रमा बेपत्ता भएपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गरिएको थियो। उद्धार टोलीले शनिबारदेखि नै विभिन्न माध्यममार्फत बेपत्ताको खोजी गरिरहेको छ।
धनबहादुर वैदेशिक रोजगारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल गएका थिए।
यस्तै चार महिनाअघि क्रोसिया गएका टेकबहादुर १८ दिनअघिमात्रै पोर्चुगल पुगेका थिए।
दुवै जना नाताले काकाभतिज पर्छन्। दुवै जना मोन्तिजोमा बस्दे आएका थिए।
Leave a Reply