जनकपुरधाम- पूर्वप्रदेस प्रमुख धर्मनाथप्रसाद यादवको मंगलबार निधन भएको छ।
लुम्बिनी प्रदेसका पूर्वप्रदेस प्रमुख सिरहा गोलबजार नगरपालिका–६ खरहीटोल निवासी यादवको ८० वर्षको उमेरमा निधन भएको हो।
उनी २०७६ साल कात्तिक १८ गते लुम्बिनी प्रदेस प्रमुखमा नियुक्त भएका थिए।
यादव पछिल्लो समय पक्षघातले च्यापेपछि ओछ्यान परेका थिए।
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सिरहा ३ का संघीय सांसद लिलानाथ श्रेष्ठकाअनुसार उनको निवासमै निधन भएको हो।
२०१६ सालमा कम्युनिस्ट पार्टीका सदस्यता लिएका यादव निरन्तर पार्टीको काम गर्दै आएका थिए।
पेसाले शिक्षक उनी २०४६ सालपछि शिक्षक पेसा छाडेर राजनीतिमा आवद्ध भएका थिए।
Leave a Reply