पूर्वडिआइजी बन्जारेको घरमा प्रहरीको छापा

काठमाडौं- नेपाल प्रहरीका पूर्वडिआइजी छबिलाल जोशीको घरमा प्रहरीले छापा हानेको छ।

शंखमुलस्थित उनको घरमा प्रहरीले बुधबार राति छापा हानेको हो।

छापामारीका क्रममा बन्जारेको घरबाट पोखराको सूर्यदर्शन सहकारीसँग सम्बन्धित दस्ताबेज बरामद भएको प्रहरीले जनाएको छ।

बन्जारे ग्यालेक्सी टिभीका सञ्चालकमध्येका एक हुन्। उनले पछि टेलिभिजनबाट आफ्नो सेयर फिर्ता लिएका थिए।

जोशीको घरमा नेचर हब इन्टरनेसनल प्रालिको कार्यालयसमेत सञ्चालित थियो। त्यहीँबाट सहकारी रकम कारोबार भएको सफ्टवेयरको सर्भरसमेत बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा हानेको हो।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा सहकारीका संस्थापक जीबी राई, अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राई फरार छन्।

उनीहरु तीनै जनाविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ।

सूर्यदर्शन सहकारीको रकम ग्यालेक्सी टिभीमा लगानी भएको आरोप छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *