जनकपुरधाम- पूर्वभारतीय क्रिकेटर एवं सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का सांसद गौतम गम्भीरले राजनीति छोड्ने संकेत दिएका छन्।
भाजपाका तर्फबाट दिल्लीबाट निर्वाचित सांसद गम्भीरले राजनीति छोड्ने संकेत दिएका हुन्।
उनले राजनीति छोडर आफू क्रिकेटतर्फ नै केन्द्रित हुन चाहेको बताएका छन्।
सामाजि सञ्जाल एक्समा गम्भीरले लेखेका छन्,‘मलाई राजनीतिकर्मबाट मुक्त गर्न मैले पार्टी अध्यक्ष जेपी नड्डासँग अनुरोध गरेको छु। म क्रिकेटका लागि आफ्नो प्रतिबद्धतातर्फ ध्यान दिन चाहेको छु। म प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।’
यसका साथै उनले गृहमन्त्री अमित शाहलाई पनि धन्यवाद दिएका छन्।
गृहमन्त्री शाहलाई ट्याग गर्दै गम्भीरले भनेका छन्,‘मानिसको सेवा गर्ने अवसर दिएकोमा धन्यवाद।’
गम्भीर अहिले पूर्वी दिल्लीबाट भाजपाका लोकसभा सांसद छन्। उनी टि–२० विश्वकप २००७ र एकदिवसीय विश्वकप २०११ मा भारतीय टिमका सदस्य थिए।
पछिल्लो समय गम्भीर कैयौंपटक आफ्नो राजनीतिक टिप्पणी, खेल मैदान र त्यसबाहिर पनि विवादमा आइसकेका छन्।
Leave a Reply