काठमाडौं- पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
पाल्पाको तिनाउ गाउँपालिका–६ चिदिसमा जिप दुर्घटना भएको हो।
सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्माले दुर्घटनामा ८ जनाको मृत्यु भएको बताएका छन्।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ। मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी छ।
Leave a Reply