जनकपुरधाम- बिजुली र पिठोमा भएको मूल्यवृद्धिविरूद्ध पाकिस्तान प्रशासित कश्मीरको कैयौं क्षेत्रमा प्रदर्शन भएको छ।
बिजुली र पिठोको मूल्यवृद्धिविरूद्ध त्यहाँका स्थानीय प्रदर्शनमा उत्रिएका हुन्।
पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा भइरेहका प्रदर्शनमा सहभागीहरूलाई राजधानी मुजफ्फराबाद पुग्न भनिएको छ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसक झडपसमेत भएका छन्। झडपमा परी एक जना प्रहरी इन्स्पेक्टरको मृत्यु भएको बिबिसीले जनाएको छ।
प्रहरी इन्स्पेक्टरको मृत्युसम्बन्धी घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने पाकिस्तान प्रशासित कश्मीरका प्रवक्ता अब्दुल माजिद खानले जनाएका छन्।
उनका अनुसार प्रहरी इन्स्पेक्टरलाई गोली हानेर हत्या गरिएको छ। सुरक्षाका लागि खटिएको बेला उनको छातिमा गोली हानिएको प्रवक्ता खानको भनाइ छ।
Leave a Reply