
तस्बिर : बिबिसी
काठमाडौं – पाकिस्तानको डेरा इस्माइल खानस्थित एक प्रहरी चौकीमा आतंकवादी आक्रमण भएको छ।
आक्रमण परी १० जना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
८ फेबु्रअरीका दिन हुन लागेको आमचुनावभन्दा तीन दिनअघि यो आक्रमण भएको हो।
डेरा इस्माइल खान क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारीले आक्रमणमा १० जना प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्।
खैबर पख्तुनख्वाका प्रान्तीय प्रहरी प्रमुख अख्तर हयात गन्डापुरले ३० भन्दा बढी आतंकवादीले चौधवान प्रहरी चौकीलाई तीनतिरबाट घेरा हालेर आक्रमण गरेको बताएका छन्।
उनका अनुसार करिब साढे दुई घन्टासम्म फायरिङ चलेको थियो।
आक्रमणकारीले ‘स्नाइपर गन’ प्रयोग गरेर प्रहरी चौकीमाथि आक्रमण गरेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
आक्रमण भएको बेला ३० भन्दा बढी प्रहरी चौकीमा थिए। आक्रमणकारीले प्रहरी चौकीको नजिक पुगेर हमला गरेको बताइएको छ।
Leave a Reply