काठमाडौं – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ क्षेत्रमा रहेको सरकारी जग्गा हडपेर निर्माण गरिएका भौतिक संरचना हटाउने भएको छ।
माघ १६ गते बसेको कोषको बोर्ड बैठकले पशुपति क्षेत्रको जग्गा हडपेर बनाइएका भौतिक संरचना हटाउने निर्णय गरेको थियो।
यो निर्णयसँगै कोषसँग सहकार्य गरेर काठमाडौ महानगरको प्राविधिक टोली जग्गाको सिमांकनसहित खोजी कार्यमा जुटेको छ।
कोषका प्रवक्ता रेवतीरवण अधिकारीले शुक्रबारदेखि महानगरको प्राविधिक टोलीको सहयोगमा सरकारी जग्गामा तयार पारिएका व्यक्तिग संरचनाको सिमांकनसहित खोजी कार्य सुरू भएको जानकारी दिए।
उनका अनुसार एक दुई दिनमा सिमांकन र जग्गा खोजी काम सकेर त्यस्ता संरचनालाई भत्काइनेछ।
काठमाडौंं–८ गाँचा पोखरीमा तीन रोपनी ६ अना एक पैसा, वडा नम्बर ३ भगवानस्थानमा ३ रोपनी ८ आना र सिफलस्थित लामा पोखरीमा अतिक्रमण गरी व्यक्तिले भोगचलन गर्दै आएको प्रवक्ता अधिकारीले जानकारी दिए।
कोषका अध्यक्ष तथा संस्कृति पर्यतन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपतिक्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचना खाली गराउन विकास कोषसहित महानगरलाई निर्देशन दिएका छन्।
Leave a Reply