जनकपुरधाम- वीरगन्जको नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा वीगरन्ज महानगरपालिकाले छापा हानेको छ।
महानगर र प्रहरीको संयुक्त टोलीले सोमबार अस्पतालमा छापा हानेको हो।
छापामारीपछि प्रहरीले अस्पतालका प्रबन्ध निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको छ।
मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएको औषधि र केमिकल भेटिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी केशर न्यौपानेले जानकारी दिए।
छापामारीका क्रममा ल्याबममा बिरामीको उपचारमा प्रयोग भइरहेका अवस्थामा म्याद गुज्रिएका केमिकल र फार्मेसीमा पनि म्याद गुज्रिएको औषधि भेटिएको अनुगमन समितिका सदस्य तथा महानगर कार्यपालिका सदस्य कन्हैया ठाकुरले बताएका छन्।
मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याद गुज्रिएका ४० भन्दा बढी प्रकारका केमिकल तथा औषधि बरामद भएको बताइएको छ।
Leave a Reply