काठमाडौं- नेपाल प्रहरीले १ हजार ९५० जनाको भर्ना खोलेको छ।
शुक्रबार सूचना जारी गर्दै नेपाल प्रहरीले यो संख्यामा भर्ना खोलेको जनाएको हो।
सूचनाअनुसार १ हजार ८५६ प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि भर्ना आह्वान गरिएको छ।
खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिवल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा दरखास्त दिन पाइने सूचनामा उल्लेख छ।
दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म रहेको छ।
जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि सातवटै प्रदेस प्रहरी तालिम केन्द्रमा र काठमाडौं उपत्यकाका तीन जिल्लासहित सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त बुझाउन सकिन्छ।
यसका साथै नेपाल प्रहरीले ३६५ जना प्रहरी सहयाक निरीक्षक (असई) पदका लागि पनि भर्ना खोलेको छ।
शुक्रबार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै नेपाल प्रहरीले असई भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
Leave a Reply