काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ।
बिहीबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्ने गरी कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले फागुन ३ गते दिउँसाो १ बजे बैठक बस्ने जानकारी दिए।
पौडेलका अनुसार आसन्न महासमिति बैठकबारे छलफल गर्न बैठक बोलाइएको हो।
कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ गतेदेखि ललितपुरको गोदाबरीमा सुरू हुँदैछ।
महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।
Leave a Reply