नेपालको शानदार पुनरागमन, नेदरल्यान्ड्स ६ विकेटले पराजित

तस्बिर : क्यान

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टि–२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत नेदरल्यान्ड्सविरूद्धकोे खेलमा नेपाल ६ विकेटले शानदार जित हासिल गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको हो।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १२१ रनको लक्ष्य नेपालले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो।

नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले उत्कृष्ट साझेदारी गरे।

राहित ४६ र गुल्शन ३८ रन बनाएर आउट भए। ओपनरद्वय कुशल भुर्तेल १२ र आसिफ शेख ८ रनको योगदान दिए।

दीपेन्द्रसिंह ऐरी ४ र कुशल मल्ल २ रनमा नटआउट रहे।

नेपालको आक्रमक बलिङसामु निरीह बनेको नेदरल्यान्ड्सले जितका लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्स नेपालको बलिङसामु निर्धारित २० ओभर पनि टिक्न सकेको थिएन।

नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल खडा गरेका थियो।

नेपालका लागि प्रतिश जिसीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा एक म्याडेन दिँदै १३ रन खर्चिएर तीन विकेट लिएका हुन्।

त्यस्तै करण केसी र कुशल मल्लले समान २–२ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाए। त्यस्तै टिम भान डर गगटेनले २४ र कप्तान स्कट एडवर्डस्ले १८ रन जोडे।

नेदरल्यान्ड्सविरूद्ध जितसँगै सुखद पुनरागमन गरेको नेपालले पहिलो खेलमा बेहोरेको हारको बदला पनि लिएको छ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।

त्यस्तै नामिबियाविरूद्ध पहिलो खेलमा २० रनको पराजय भोगेको नेपालले शुक्रबार ३ रनको जित निकालेको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *