काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ।
संघीय संसदको बजेट अधिवेशन सुरू हुनुअघि कांग्रेस संसदीय दलको बैठक बसेको हो।
सहकारी ठगी प्रकरणमा संलग्न भनिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म सदनमा अवरोध जारी राख्ने अडान कांग्रेसले लिएको छ।
संसदीय दलको बैठकमा यसबारे थप छलफल हुने बताइएको छ।
दलको बैठकअघि महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका थिए।
भेटका क्रममा प्रचण्डले राष्ट्रपतिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्न आग्रह गरेका छन्।
राष्ट्रपतिलाई संसदमा अवरोध गर्दा गलत सन्देश जाने भन्दै प्रधानमन्त्री प्रचण्डले लचक बन्न आग्रह गरेका थिए।
कांंग्रेस संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्ने तर लगत्तै बस्ने प्रतिनिधिसभा बैठकमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रणनीति तय हुने सम्भावना रहेको एक पदाधिकारीले बताए।
Leave a Reply