जनकपुरधाम – नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला सात सय रूपैयाँले वृद्धि भएर नयाँ कीर्तिमान बनाएको हो।
बिहीबार प्रतितोला रू. १ लाख ३८ हजार ६ सयमा कारोबार भएकोमा आज भने रू. १ लाख ३९ हजार ७ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन बिहीबार तोलामा रू. १ लाख ३७ हजार ९५० मा कारोबार भएकोमा आज रू. १ लाख ३८ हजार ६५० निर्धारण भएको छ।
चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।
बिहीबार प्रतितोला रू. १ हजार ७२५ मा कारोबार भएकोमा आज रू. १ हजार ७२० निर्धारण भएको महासंघले जनाएको छ।
Leave a Reply