नागरिक उन्मुक्तिको कार्यालयमा नेताहरूबीच कुटपिट

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका नेताहरूबीच कुटपिट भएको छ।

काठमाडौंको अनामनगरस्थित पार्टी कार्यालयमा सोमबार केन्द्रीय समिति बैठकअघि उनीहरूबीच कुटपिट भएको हो।

टीकापुर नगरपालिकाका मेयरसमेत रहेका केन्द्रीय सदस्य रामलाल डगौरा थारुले रेशम चौधरीको उपस्थितिमा आफूमाथि आक्रमण भएको बताए।

पाँच जना संस्थापन सदस्य उपस्थित भएको बेला चौधरीको सामुन्ने आफूमाथि आक्रमण भएको उनले बताए।

निर्वाचन आयोगले रेशम चौधरीलाई अध्यक्षमा वैधानिकता नदिएपछि पार्टीका नेताहरू विभाजित छन्।

यस्तै केन्द्र र सुदूरपश्चिम सरकारमा सहभागी हुने विषयमा पनि यो पार्टीभित्र विवाद छ।

सुदूरपश्चिममा नेपाली कांग्रेस नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी छ।

अध्यक्ष रञ्जिता श्रेष्ठ केन्द्रीय गठबन्धनको पक्षमा छिन् भने रेशम प्रदेसमा कांग्रेससँगको सहकार्यका पक्षमा छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *