जनकपुरधाम- मधेस प्रदेसका नवनियुक्त गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले नागरिकको सुरक्षा र सूचनाको हकका सम्बन्धमा जवाफदेहीपूर्ण ढंगबाट काम गर्ने बताएका छन्।
शनिबार गृह, सञ्चार तथा कानुनमन्त्रीको सपथपछि पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री लेखीले नागरिकको सुरक्षा र सूचनाको हकका साथै कानुन निर्माणमा जिम्मेवार भएर काम गर्ने उल्लेख गरे।
‘यो मन्त्रालय नागरिकसँग सरोकार राख्ने मन्त्रालय भएको हुनाले नागरिकको सुरक्षा, सञ्चार क्षेत्रमा रहेका यावत समस्याका समाधान र कानुन निर्माणमा काम गर्ने हो,’ उनले भने,‘नागरिकको सुरक्षा र सूचनाको हकका सम्बन्धमा जवादेहीपूर्ण भएर काम गर्नेछौं।’
मुख्यमन्त्री सरोजकुमार यादवले गरेको मन्त्रिपरिषद विस्तारमा लेखी नेकपा एमालेका तर्फबाट गृह, सञ्चार तथा कानुनमन्त्री नियुक्त भएका हुन्।
Leave a Reply