नवनिर्वाचित राष्ट्रियसभा अध्यक्षले लिए सपथ

काठमाडौं- राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको सपथ लिएका छन्।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले पद तथा गोपनीयताको सपथ लिएका हुन्।

राष्ट्रपति पौडेलले उनलाई राष्ट्रियसभा नियमावली २०७५ को नियम २१७ (क) को अनुसूची २ बमोजिम सपथ दिलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित सपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगयातका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

राष्ट्रियसभा अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादीसहित पाँच दलको समर्थन थियो।

उनलाई अध्यक्ष बनाउने प्रस्तावको पक्षमा ३९ र विपक्षमा १७ मत खसेको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *