धनुषा निर्माण व्यवसायी संघ निर्वाचन : अध्यक्ष पदका दुई उम्मेदवारको उम्मेदवारी फिर्ता

जनकपुरधाम- धनुषा निर्माण व्यवसायी संघको निर्वाचनका लागि अध्यक्ष पदमा मनोनयन दर्ता गराएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार सोमबार उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।

निर्वाचन समितिले जनाएअनुसार अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका रितेश लाल र लक्ष्मण महासेठले उम्मेदवारी फिर्ता लिएका हुन्।

दुई जनाको उम्मेवारी फिर्ता भएसँगै अब अध्यक्ष पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन्।

अध्यक्ष पदका लागि रमेशकुमार यादव, प्रदिपकुमार गुप्ता, जगदीश महासेठ र अशोक चौधरीबीच प्रतिपस्पर्धा हुनेछ।

उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदमा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन्।

उपाध्यक्षमा विजयकुमार झा, जयप्रकाश साह, दीपककुमार शर्मा, सुरेन्द्रकुमार राय, सन्तोषकुमार साह र विकाशकुमार साहको उम्मेदवारी परेको छ।

महासचिवमा रुपेशकुमार सिंह, राकेशप्रसाद जयसवाल, विकासप्रसाद यादव, वीरेन्द्र यादव र राजेश दास उम्मेदवार छन्।

सचिव पदका लागि सन्तोषकुमार मुखिया, मनोजकुमार साह, मुकेशकुमार कर्ण र नवनितकुमार झाको उम्मेदवारी परेको छ।

यस्तै कोषाध्यक्षमा जयकुमार यादव, सुनिलकुमार साह, लक्ष्मणकुमार यादव, रञ्जीतराज सिंह र वैजनाथ यादवको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

‘घ’ वर्गबाट निर्वाचित हुने तीन जना सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
उम्मेदवारी फिर्ता लिनेमा मात्रिकाप्रसाद साह रहेको निर्वाचन समितिले जनाएको छ।

शिवेशकुमार ठाकुर, सुजितकुमार झा, राजीवकुमार साह, कमलेशकुमार जयसवाल, दीपककुमार यादव, प्रदीप भण्डारी, विश्वनाथ यादव र अरविन्दकुमार ठाकुरले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै ‘क’ वर्गबाट सन्तोषकुमार यादव र ‘ख’ वर्गबाट सुभाषचन्द्र चौधरी निर्विरोध निर्वाचित भएका छन्।

एक जना निर्वाचित हुने ‘ग’ वर्गबाट कसैले उम्मेदवारी नदिएको निर्वाचन समितिले जनाएको छ।

उम्मेदवारी फिर्ताको समय सकिएसँगै निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत प्रकाशन गरेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *