जनकपुरधाम- प्रहरीले धनुषाबाट डेढ क्विन्टलबढी लागुऔषध गाँजा बरादम गरेको छ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ बैरिया बस्ने ३० वर्षीय छोटे यादवको गोठबाट प्रहरीले १५९ किलो गाँजा बरादम गरेको हो।
गोठभित्र गाँजा लुकाएर राखेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा र बहेडाबेला चौकीबाट खटिएको प्रहरी टोलीले यो परिमाणमा गाँजा बरादम गरेको धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।
गोठधनी यादव भने पाँच वर्षदेखि भारत बस्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Leave a Reply