
फाइल फोटो
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा संक्रमणकालीन न्यायसँग सम्बन्धित (टिआरसी) विधेयक निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले देउवा र ओलीसँग भएको छुट्टाछुट्टै भेटवार्तामा टिआरसी विधेयकलाई निष्कर्षमा पु¥याउने विषयमा सहमति जुटेको जानकारी दिएका छन्।
‘कानुन समितिमा केही विषयमा उच्च तहका नेतासँग बस्ने र सहमति जुटाउने कुरा भएको थियो। विधेयकलाई पीडितमैत्री बनाउने र एमालेले उठाएको विषय समेटेर भाषा मिलाएर अघि बढ्ने सहमति भएको छ,’ उनले भने।
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्नुअघि नेताहरूबीच छलफल भएको हो।
Leave a Reply