दुई समूहबीच कुटाकुट, एकको मृत्यु

काठमाडौं- काठमाडौंमा दुई समूहबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा गएराति दुई समूहबीच कुटाकुट भएको हो।

घटनामा मोरङका २४ वर्षीय शम्भु धितालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए।

उनले गएराति दुई समूहबीच झगडा हुँदा धितालको मृत्यु भएको बताए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *