दुई समुदायबीच विवाद हुँदा वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- वीरगञ्जमा सोमबार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक सूचना जारी गरेर वीरगञ्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच भएको विवादलाई लिएर वीरगञ्जमा पनि सोमबार दुई समुदायबीच ठाउँठाउँमा झडप भइ स्थिति तनावपूर्ण हुँदा कर्फ्यु आदेश जारी भएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।

स्थानीय प्रशासनले वीरगञ्जको सीमा क्षेत्र पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिण भन्सारको मितेरी पुलभित्र कफ्यु लगाइएको छ।

यसअघि सोमबार दिउँसो केही हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा प्रहरीसँग ठाउँठाउँमा झडप भएको थियो।

त्यस्तै बजार बन्द गराउने क्रममा उनीहरूले बजार बन्द गराउने क्रममा केही पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

हिन्दुवादीहरूले जुलुस निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लि समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झन्डा च्यात्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो।

यद्यपि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो।

वीरगञ्जको इदगाह चोकमा मुस्लिम समुदायका केही युवाहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहँदा प्रहरी हस्तक्षेप गरी लाठीचार्ज गरेको थियो।

त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा प्रहरीले स्थिति नियन्त्रणमा लिन १० राउन्डबढी अश्रुग्यास प्रहार गरेको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *