दिल्लीको तापक्रम ५२.२ डिग्री सेल्सियस, भारतमै अहिलेसम्मको उच्च

जनकपुरधाम- भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम ५२.२ डिग्री सेल्सियस पुगेको छ।

बुधबार दिल्लीको मंगेसपुर भन्ने ठाउँमा यो तापक्रम रेकर्ड गरिएको हो।

यो दिल्लीमा मापन गरिएको अहिलेसम्मको सबैभन्दा बढी तापक्रम रहेको त्यहाँको मौसम विभागले जनाएको छ।

यद्यपि मौसम विभागले तापक्रम सेन्सरमा त्रुटि अथवा कुनै स्थानीय कारणले पनि यति धेरै तापक्रम मापन गरिएको हुनसक्ने आशंका पनि व्यक्त गरेको छ।

भारतीय मौसम विभागले मुंगेशपुरमा मापन गरिएको डेटा र सेन्सरको अध्ययन भइरहेको जनाएको छ।

बुधबार दिउँसो साढे दुईबजे उत्तर–पश्चिम दिल्लीको मुंगेशपुरस्थित मौसम केन्द्रले ५३.३ डिग्री सेल्यिसय तापक्रम मापन गरेको थियो।

त्यस्तै मंगलबार दिल्लीको नजफगढ मौसम केन्द्रले पनि ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको थियो।

भारतको कुनै पनि भागमा अहिलेसम्म ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छैन।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *