काठमाडौं- नेकपा माओवादी केन्द्रले नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ।
आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमाले, माओवादी केन्द्र, जसपा र रास्वपासहितको चार दलीय गठबन्धनले गरेको ८ बुँदे सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेलाई दिने उल्लेख छ।
२०७८ चैतमा तत्कालीन सरकारले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेको थियो।
यसैबीच कांग्रेसले बाँकेका युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।
आइतबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो।
Leave a Reply