दाग लागेका मन्त्रीलाई घर पठाऔं : महामन्त्री थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दाग लागेका पार्टीका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका छन्।

बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई वरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताएका हुन्।

उनले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्तालाई पार्टीको वरिपरि राख्नु नहुने जिकिर गरे।

काम गर्न नसक्ने मन्त्रीहरूलाई विश्राम दिनुपर्ने उनको भनाइ छ।

महामन्त्री थापाले काम गर्न नसक्ने वडाध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताए।

२०४६ सालपछि सार्वजनिक जीवनमा बसेका मान्छेको सम्पत्ति छानबिन गर्नुपर्ने उनले उल्लेख गरे।

आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा कीर्ते गर्ने र नागरिकता कीर्ते गर्नेलाई कारबाही गर्न सकिने थापाले बताए।

महामन्त्री थापाले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने जिकिर गरे।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *