त्रिशुलीमा यात्रुवाहक खस्यो, पाँच जनाको मृत्यु

काठमाडौं-कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशुलीमा खसेर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

लु २ ख २१२१ नम्बरको रात्रीबस बुधबार बिहान ५ बजेतर्फ धादिङको गजुरी–५ घाटबेसीमा अनियन्त्रित भइ त्रिशुली नदीमा खसेको हो।

दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसमा सबार ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि गजुरी अस्पताल पठाएको छ।

त्यस्तै दुर्घटना भएको स्थानमा विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटाइएको छ।

मृतक तथा घाइतेको पहिचान खुलेको छैन।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *