काठमाडौं- त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ।
काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बालिकाको मृत्युु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ट्याक्सी चालक गोरखा–७ का अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल, सोही स्थानकी ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीय अन्जना रोकाय र ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्याक्सीमै सवार १८ वर्षीय दिवश रोकाय भने हालसम्म फेला परेका छैनन्।
ट्याक्सीमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार बिहान ७ : १५ मिनेटमा चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको हो।
गोरखातर्फ जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ८० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
Leave a Reply