काठमाडौं- तेस्रो लगानी सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरू भएको छ। वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलनको आयोजना गरिएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलनको उदघाटन गरेका छन्।
सम्मेलनमा स्वदेश तथा विदेश गरी १ हजार ६ सयभन्दा बढीको सहभागिता रहने जनाइएको छ।
लगानी बोर्डले जनाएअनुसार सम्मेलनका लागि २ हजार ४ सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो।
विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा भाग लिने बोर्डले जनाएको छ।
सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ। त्यस्तै चीनका २६५, भारतका १४३, अमेरिकाका ३३, जापानका २८, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्सका १३ र जर्मनीका १० जना सहभागी हुँदैछन्।
दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९–९ जना सम्मेलनमा सहभागी हुन लागेका बोर्डले जनाएको छ।
१० सत्रमा सञ्चालन हुने सम्मेलनमा ५० भन्दा बढी वक्ता रहनेछन्।
Leave a Reply