तरुण दलको भवन निर्माणका लागि केन्द्रीय सदस्यहरूबाट नगद सहयोग

काठमाडौं- नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलका केन्द्रीय सदस्यहरूले भवन निर्माणका लागि नगद सहयोग गरेका छन्।

तरुण दलको केन्द्रीय कार्यालय भवन निर्माणका लागि केन्द्रीय सदस्यहरूले नगद सहयोग गरेका हुन्।

तरुण दलका ६ जना केन्द्रीय सदस्यले २ लाख वा त्यो भन्दा बढी नगद सहयोग गरेका हुन्।

तरुण दलका अध्यक्ष विद्वान गुरुङका अनुसार केन्द्रीय सदस्य कुमार अधिकारीले २ लाख २० हजार नगद सहयोग गरेका छन्।

त्यस्तै केन्द्रीय सदस्यहरू अशोककुमार झा, दिनेश लामा, जित क्षेत्री, सुजन थापा र पुष्प बस्नेतले २–२ लाख नगद सहयोग गरेका छन्।

केन्द्रीय सदस्य ऋतु ग्याम्दानले १ लाख ८८ हजार, अम्बिका देवी वास्कोटाले १ लाख ११ हजार ५५५ र कृष्णप्रसाद खरेलले ५५ हजार ५ सय ५५ नगद सहयोग गरेको अध्यक्ष गुरुङले बताए।

तरुण दलले केन्द्रीय कार्यालय भवन निर्माणका लागि तेस्रो चणको चन्दा संकलन गरिरहेको छ।

भवन निर्माणका लागि हालसम्म १४ लाख ९५ हजार ९९८ रूपैयाँ चन्दा संकलन भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *