तराई–मधेसमा थप तीन दिन तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मध्य र पश्चिमी तराईका भूभागमा थप तीन दिन तातो हावाको लहर चल्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

महाशाखाले मंगलबार बिहान ११ बजे विशेष बुलेटिन जारी गर्दै यस्तो अनुरोध गरेको हो।

विशेष बुलेटिनमा भनिएअनुसार जेठ २९, ३० र ३१ गतेसम्म तातो हावा तथा तातो लहरको सम्मावना रहेको छ।

महाशाखाका अनुसार मधेस र बागमती प्रदेसको तुलनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेसका तराई भू–भागमा बढी गर्मी छ।

ती स्थानहरूमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ।

नेपालको पूर्वी भेगमा मनसुन प्रणाली भित्रिसके पनि मध्य र पश्चिमी क्षेत्रसम्म पुग्न समय लाग्ने भएकाले तातो हावा र तातो हावाको लहर बढेको हो।

मनसुन प्रणालीका कारण पानी परिरहेकाले कोसी प्रदेसका जिल्लाहरूमा शीतल महसुस भइरहेको छ।

यसवर्ष सरदर जुन १३ भन्दा तीन दिनअघि नै नेपालमा मनसुन भित्रिएको हो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *