जनकपुरधाम- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपति चुनाव प्रचारका लागि एक जनाले पाँच करोड डलर चन्दा दिएका छन्।
अमेरिकाका अर्बपति टिमोथी मेलन एक्लैले चुनाव प्रचारका लागि ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएका हुन्।
ट्रम्पका लागि काम गर्ने ‘एमएजिए इन्क’ नामक सुपर–प्याक फन्डले पछिल्लो महिना मानिसहरूबाट ६.८ करोड डलरभन्दा बढी चन्दा लिएको फेडरल चुनाव आयोगलाई बताएको छ।
समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार पिट्सबर्गस्थित मेलन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएका हुन्।
त्यस्तै अर्बपति लिज र डिक उइहलीनले एक करोड डलर चन्दा दिएको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई न्यूयोर्क हश–मनी मुद्दामा दोषी ठहर गरिएको एक दिनपछि मेलनले चन्दा पठाएका थिए।
मेलनले राष्ट्रपतिका स्वतन्त्र प्रत्याशी रोबर्ट एफ कैनेडी जुनियरलाई दुई करोड डलर चन्दा दिएका छन्।
मेलनबाट चन्दा प्राप्त भएपछि पछिल्लो केही साता ट्रम्पको टिमले चुनाव प्रचारमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको छ।
Leave a Reply