काठमाडौं- टर्की प्रहरीले उत्तरपश्चिमी प्रान्त साकारियामा इस्लामिक स्टेट (आइएस) समूहका ३३ संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको छ।
साकारियामा यस महिनाको अन्त्यमा हुने देशको स्थानीय चुनावअघि आक्रमणको तयारी गरेको आरोपमा प्रहरीले आइएस समूहका संदिग्ध सदस्यहरूलाई पक्राउ गरेको हो।
संदिग्धहरूले आगामी स्थानीय चुनावअघि कारबाहीको तयारी गरिरहेको त्यहाँका आन्तरिक मामिलामन्त्री अली येर्लिकायाले जानकारी दिएका छन्।
संदिग्धहरूले कथित रूपमा द्वन्द्व क्षेत्रहरूमा लडाकुहरू भर्ती गर्दै थिए।
प्रहरी टोलीले छापा मार्दा हातहतियार, नगद र संगठनात्मक कागजात बरामद गरेको उनले बताएका छन्।
गत जनवरीमा इस्तानबुलको एउटा चर्चमा आइएसका आतंककारी समूहले आक्रमण गरेपछि टर्कीले आइएस आतंककारीहरू विरूद्धको कारबाहीले तीव्र पारेको छ।
Leave a Reply