जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संघीयता र गणतन्त्रको सबलीकरणका लागि राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
सोमबारदेखि जनकपुरधाममा सुरू भएको जसपा नेपालको राष्ट्रिय महाधिवेशनको उदघाटन कार्यक्रममा बोल्दै राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताएका हुन्।
उपसभापति गुरुङले राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धाभन्दा बाहिर जान खोजेका कारण संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै कालो धब्बा लगाउने काम भइरहेको जिकिर गरे।
एउटा राजनीतिक दलले अर्कोको अस्तित्व स्वीकार नगरेर एउटा पार्टीले अर्को पार्टीलाई निमिट्यान्नपार्ने काम गरेको उनको भनाइ छ।
गुरुङले पदका लागि दल फुटाउने काम गैरराजनीतिक भएको उल्लेख गरे।
पार्टीलाई टुक्र्याएर आफू बलियो हुने प्रवृतिविरूद्ध सबै राजनीतिक दल एक ठाउँमा उभिन जरूरी भएको उनले बताए।
उनले पदका लागि नभइ जनताको विकास र समृद्धिका लागि राजनीतिक दलहरूबीच सहकार्य हुनुपर्ने उल्लेख गरे।
उपसभापति गुरुङले जनकपुरधामलाई ‘वेडिङ हब’ को रूपमा विकास गर्न आफूले प्रस्ताव गरेको उल्लेख गरे।
Leave a Reply