जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान गरेको छ।
फागुन १० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको हो।
पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले बैठक बिहान ११ बजेदेखि पार्टी कार्यालयमा बस्ने जानकारी दिएका छन्।
पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको उनले बताए।
बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ।
Leave a Reply