जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको सहअध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ।
जनकपुरधाममा जारी महाधिवेशनमा एक जना सहअध्यक्षका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको हो।
जसपा नेपालको नयाँ नेतृत्व चयन गर्न बुधबार निर्वाचन हुँदैछ।
पार्टीको एक जना सहअध्यक्षका लागि मधेस प्रदेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत, राजकिशोर यादव र रकम चेम्जोङको उम्मेदवारी दर्ता भएको छ।
जसपा नेपालको विधानमा एक जना सहअध्यक्ष हुने व्यवस्था छ।
त्यस्तै दुई महासचिव पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ।
महासचिवका लागि हाल जसपा नेपालका पार्टी प्रवक्ता रहेका मनिष सुमन, दीपक कार्की, प्रकाश अधिकारी, पूर्वप्रदेसमन्त्री विजय यादव, प्रकाश अधिकारी र रामकुमार शर्माको उम्मेदवारी दर्ता भएको छ।
महासचिवमा उम्मेदवारी दिएका शर्मा केही दिनअघि माओवादी केन्द्र छाडेर जसपा नेपाल प्रवेश गरेका थिए।
सहअध्यक्ष, महासचिव, सचिवलगायतका सबै पदमा निर्वाचन हुने भए तापनि अध्यक्ष भने सर्वसम्मतिले चयन गर्ने जसपा नेपालले नीति लिएको छ।
आधिकारिक घोषणा हुन बाँकी रहे पनि जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत भएका छन्।
निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ।
मतदानबाट एक सअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव तीन उपमहासचिव, सात सचिव, एक कोषाध्यक्ष र २०१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
जनकपुरधाममा जारी महाधिवेशनको अन्तिम दिन बुधबार दिउँसो ४ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।
Leave a Reply