जन्ती बोकेको ट्र्याक्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु

जनकपुरधाम- भारतको मध्य प्रदेसमा सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ।

मध्य प्रदेसको राजगढमा आइतबार राति ट्र्याक्टर दुर्घटना हुँदा १३ जनाको ज्यान गएकोे हो।

दुर्घटनामा मृत्यु भएका सबै जना राजस्थानको झालावाड जिल्लाका बासिन्दा रहेको बताइएको छ।

तीब्र गतिले गइरहेको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जन्ती सवार ट्र्याक्टर दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका ४० जनाको नजिकको अस्पतालमा उपचार भइरहेको छ।

मध्य प्रदेस तथा राजस्थानका मुख्यमन्त्रीले सामाजिक सञ्जालमा दुर्घटनाबारे जानकारी दिँदै दुःख व्यक्त गरेका छन्।

राष्ट्रपति द्रौपदी मुर्मूले पनि दुर्घटनाप्रति समवेदना प्रकट गरेकी छन्। उनले सामाजिक सञ्जालमा लेखेकी छन्,‘मध्य प्रदेको राजगढ जिल्लामा भएको सडक दुर्घटनामा परी मृत्यु भएको खबर अति नै दुखदायी छ। आफन्त गुमाउने परिवारप्रति गम्भीर शोक व्यक्त गर्दछु। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’

राजगढ जिल्लाको पिपलोदी सडकखन्डमा ट्र्याक्टरको ट्रली पल्टिएर दुर्घटना भएको बताइएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *