जनयुद्ध प्रधानमन्त्री बन्न मात्रै थियो : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै जनयुद्ध भएको आरोप लगाएका छन्।

मंगलबार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरूको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले पछिल्ला गतिविधिहरू हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने जिकिर गरे।

‘सत्ता र प्रधानमन्त्री बन्नका लागि १७ हजार मानिस मर्नुपर्ने?,’ प्रश्न गर्दै ओलीले भने,‘जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार त्योबेलामा पनि थियो। जनयुद्धको औचित्य नै थिएन।’

हिंसा गर्नुपर्ने कारण हालसम्म पुष्टि हुन नसकेको उनको भनाइ छ।

ओलीले युद्धका पीडितहरूले हालसम्म पनि न्याय नपाउनु दुखद भएको बताए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *