काठमाडौं- जनमत पार्टी तत्काल संघीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ।
समसामयिक राजनीतिबारे छलफल गर्न बसेको जनमत पार्टीको सचिवालय बैठकले संघीय सरकारबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो।
मधेस प्रदेस सरकारबाट बाहिरिएसँगै जनमत पार्टी संघीय सरकारबाट पनि बाहिरिने चर्चा चलिरहेको बेला यस्तौ निर्णय आएको हो।
बैठकले जनताको कामलाई सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता शरतसिंह यादवले जानकारी दिए।
उनका अनुसार पार्टीको आगामी कार्यदिशाबारे पार्टी अध्यक्ष सिके राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्।
प्रस्तावमा समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरूपबारे उल्लेख छ।
जनमतको सचिवालय बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा वृहत आमसभा गर्ने निर्णय पनि गरेको छ।
Leave a Reply