जनकपुर दुर्घटना अपडेट : दुई महिलाको मृत्यु, ६ जना घाइते

जनकपुरधाम-जनकपुरधाममा स्कुल बसले ठक्कर दिँदा भएको दुर्घटनामा परी दुई महिलाको मृत्यु भएको छ।

जनकपुरधामबाट जलेश्वरतर्फ गइरहेको एन्जल्स स्कुलको प्रदेस २–०२–०१ क–४३१ नम्बरको बस अनियन्त्रित भइ जनकपुरधाम–२३ बिन्धीमा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

विहेका लागि खेतबाट माटो लिएर आएको महिलाहरूको समूहलाई बसले ठक्कर दिएको हो।

मृत्यु हुनेमा जनकपुरधाम–२३ की ३५ वर्षीया राखीदेवी यादव र ५८ वर्षीया देवकली देवी साह रहेको प्रहरीले जनाएको छ।

बसको ठक्करले गम्भीर घाइते भएका ८ जनालाई उपचारका लागि प्रादेसिक अस्पताल जनकपुर लगिएकोमा चिकित्सकले दुई जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए।

घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको उनले बताएका छन्।

प्रत्यक्षीदर्शीहरूका अनुसार अनियन्त्रित भएको बस डिभाइडरमा बसिरहेका महिलाहरूको समूहलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले बसमा तोडफोड गर्नुका साथै प्रदर्शन गरेर केहीबेर सडक अवरूद्ध गरेका थिए।

प्रहरीले पीडितलाई क्षतिपूर्ति र दोषीलाई कारबाही जनाउने प्रतिबद्धता जनाएपछि सडक सञ्चालनमा आएको छ।

दुर्घटना दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *